ad ad

समाज


दरबारमार्गस्थित भ्वाङ परेको सडकमा फस्दा इन्स्पेक्टर बुढाथोकी घाइते

दरबारमार्गस्थित भ्वाङ परेको सडकमा फस्दा इन्स्पेक्टर बुढाथोकी घाइते

नेपालखबर
साउन २५, २०८१ शुक्रबार ११:४१, काठमाडौँ

काठमाडौँ महानगरपालिकास्थित दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएपछि मार्किङ गर्न पुगेका एक जना प्रहरी अधिकारी घाइते भएका छन्। दरबारमार्ग वृत्तमा कार्यरत इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी उक्त सडक भासिएर भएको भ्वाङमा फसेर घाइते भएका हुन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार, बिहीबार राति सडक भासिएको खबर प्राप्त भएपछि मार्किङ गर्न जाने क्रममा इन्स्पेक्टर बुढाथोकी घाइते भएका हुन्। 

‘सडकमा प्वाल परेको खबर आएपछि उहाँ मार्किङ गर्न पुग्नुभएको थियो,’ एसपी अधिकारीले भने, ‘उहाँको निधार र हातमा चोट लागेको छ।’

इन्स्पेक्टर बुढाथोकीलाई वीर अस्पताल पुर्‍याएर उपचार गराइएको उनले बताए। ‘उहाँको घाउमा टाँका लगाएर अहिले डिस्चार्ज भइसकेको छ,’ अधिकारीले भने। 

इन्स्पेक्टर बुढाथोकी गीत संगीतमा पनि सक्रिय छन्। उनी युट्युब लगायत सामाजिक सञ्जालमा पनि सक्रिय प्रहरी अधिकारी हुन्। युट्युबले उनलाई एक लाख सब्स्क्राइबर बनाएकोमा बधाई दिँदै ‘सिल्भर प्ले बटन’ समेत पाएका थिए।

टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले जनाएका छन्।

अहिले उक्त सडकखण्ड बन्द गरिएको र भ्वाङ परेको सडक टाल्न लागिएको महानगरपालिकाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .