घुस लिएको आरोपमा सिन्धुपाल्चोकका सब–इन्जिनियर हिरा बाबु थापासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
थापासहित नहकुल शिवकोटी र सुम्बा शेर्पाविरुद्ध सोमबार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
दोलखाको बिगु गाउँपालिका–३स्थित लाकुरी डाँडा पिपल डाँडा ग्रामीण सडक स्तरोन्नतिको ठेक्का सम्झौतापछि काम सम्पन्न गरेर भुक्तानी लिने क्रममा कमिसन बापत ८० हजार घुस लिएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको हो।
पूर्वाधार विकास कार्यालय, चौताराका सव इन्जिनियर थापाले लिन लागेको घुस शिवाकोटी र शेर्पाले लिइसकेको अवस्थामा पक्राउ परेको अख्तियारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
162
Shares
प्रतिक्रिया