ad ad

समाज


‘यसपालि घुमौँ कर्णाली’

‘यसपालि घुमौँ कर्णाली’

नेपालखबर
फागुन १७, २०७६ शनिबार ४:५०,

नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पु¥याउने उद्देश्यले यात्रु बसमा कर्णालीका पर्यटकीयस्थल अङ्कित स्टिकर टाँस्न शुरु गरिएको छ।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा सुर्खेत काँक्रेविहार यातायात प्रालिले बसमा स्टिकर टाँस्न थालेको हो।

कर्णालीका १० वटै जिल्लाका प्रमुख पर्यटकीयस्थलहरुको तस्वीरसहितको स्टिकर प्रकाशन गरिएको छ।

स्टिकरमा पर्यटकीयस्थलका साथै नेपाल भ्रमण वर्ष, २०२० तथा प्रदेश सरकारको ‘यसपालि घुमौँ कर्णाली’ नारासहितको लोगो पनि समावेश गरिएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.कृष्णप्रसाद आचार्यले कर्णाली प्रदेशका मुख्य गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले स्टिकर प्रकाशन गरिएको बताए।

प्रालिले पहिलोपटक स्टिकर टाँस्ने कार्यको शुरुआत गरेकामा सचिव डा आचार्यले प्रशंसा व्यक्त गरे। ‘पर्यटन क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनमा निजी क्षेत्र, यातायात व्यवसायीको योगदान महत्वपूर्ण हुन्छ’, उनले भने, ‘पर्यटन प्रवद्र्धनका क्रियाकलापबाट बढी फाइदा निजी क्षेत्रले पाउने हुँदा यसका लागि सरकारभन्दा बढी अग्रसर निजी क्षेत्र बन्नुपर्दछ, प्रदेश सरकार सहयोगी बन्न तयार छ।’

प्रालिका अध्यक्ष रमेश सापकोटाले पहिलो चरणमा सुर्खेत–काठमाडौँ र जाजरकोट–काठमाडौँका लागि ल्याइएका आठ वटा नयाँ रात्रिबस र सुर्खेतबाट कर्णालीका पहाडी सडकमा सञ्चालन हुने २० वटा गाडीमा पर्यटकीय सूचनासहितका स्टिकर टाँसिएको बताए।

शुरुआतमा प्रालिकै खर्चमा स्टिकर प्रकाशन गरेको र आगामी दिनमा प्रदेश सरकारले नै स्टिकर उपलब्ध गराउने उनले जानकारी दिए।

स्टिकरमा राराताल, देउती बज्यै मन्दिर, बुलबुले, काँक्रेविहार, जाजरकोट दरबार, त्रिपुरासुन्दरी मन्दिर, छत्रेश्वरी मन्दिर, शेफोक्सेन्डो, पञ्चकोशी ज्वालालगायतका स्थलका तस्वीर छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .