ad ad

समाज


धनुषामा तीन दिनमा डेढ करोडभन्दा बढीको सामान बरामद

धनुषामा तीन दिनमा डेढ करोडभन्दा बढीको सामान बरामद

फाइल फोटो


नेपालखबर
जेठ २, २०८१ बुधबार १४:५६, गोदार (धनुषा)

जिल्ला प्रहरी कार्यालय धनुषाले तीन दिनमा रु डेढ करोडभन्दा बढी लागतका भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको छ।

धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले तीन दिनमा रु एक करोड ५८ लाख ६५ हजारभन्दा बढीका सामानसहित गाडी र चालकलाई नियन्त्रणमा लिइएका जानकारी दिए।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतको इकाइबाट खटेको प्रहरी टोलीले गत वैशाख २९ गते बिहान बिलविजकभन्दा रु २३ लाख ४५ हजार आठ सय ४० बढीका सामानसहित पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।

यस्तै, वैशाख ३० गते राति रु ३४ लाख ९१ हजार दुई सय बराबरको २१ क्विन्टल प्याजसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको तिवारीले बताए।

त्यसैगरी वैशाख ३१ गते दिउँसो रु ८९ लाख ४६ हजार ९०० सय बराबरको ६ सय कार्टन मदिरासहितको ट्रक ढल्केवर नियन्त्रणमा लिएको र सोही दिन गणेशमान चारनाथ नगरपालिका–८ बाट रु १० लाख ८१ हजार तीन सय ३२ बराबरको सामानसहित मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिएको सामान तथा गाडीहरू थप अनुसन्धानका लागि सम्बन्धित निकायहरू आन्तरिक राजश्व कार्यालय जनकपुर, जनकपुर भन्सार कार्यालय, र राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएका छन्।

प्रहरी उपरीक्षक तिवारीले भन्सार छलेर ल्याइएका सामानको ओसारपसार रोक्न वैशाख अन्तिम सातादेखि अभियानकै निगरानी बढाइएको र यसबाट राजश्व चुहावट न्यूनीकरणमा सघाउ पुग्ने अपेक्षा रहेको बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .