ad ad

समाज


जनता समाजवादी पार्टीकी सांसद अन्सारीको निधन

जनता समाजवादी पार्टीकी सांसद अन्सारीको निधन

नेपालखबर
चैत ४, २०८० आइतबार ११:२९, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) सांसद मञ्जु अन्सारीको ६० वर्षको उमेरमा निधन भएको छ। 

आइतबार बिहान सात बजेर ५५ मिनेट जाँदा सांसद शर्माको निधन भएको सो पार्टीको संसदीय दलका उपनेता नवलकिशोर साहले जानकारी दिए। उनको हृदयाघातको कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ। 

सप्तरी जिल्ला निवासी उनी जसपाबाट निर्वाचित समानुपाति सांसद हुन्। 

२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य बनेकी थिइन्।

जसपा सांसद शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद भएकी थिइन्। उनी जसपाको पोलिटब्यूरो सदस्यसमेत थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .