ad ad

समाज


नासाको अध्ययन भन्छः नेपाल पहिरोको उच्च जोखिममा

नासाको अध्ययन भन्छः नेपाल पहिरोको उच्च जोखिममा

नेपालखबर
माघ २९, २०७६ बुधबार ८:१९,

नासा, स्ट्यानफोर्ड विश्वविद्यालय र अमेरिकाको राष्ट्रिय समुद्री तथा वातावरणीय प्रशासन एनओएएको संयुक्त अध्ययनले नेपाल, चीन र तिब्बत उच्च पहिरोको जोखिममा भएको बताएको छ।

जलवायु परिवर्तनका कारण लगातार पानी पर्ने सम्भावना भएको र भीषण वर्षाले एसियाली उच्च हिमाली क्षेत्र चीन, तिब्बत र नेपालमा पहिरो जाने खतरा भएको अध्ययनमा उल्लेख गरिएको छ।

यस अध्ययन त्यस क्षेत्रमा वर्षा र पहिरोको बिचको सम्बन्धको पहिलो मात्रात्मक अध्ययन भएको बताइएको छ।

एसियाका उच्च हिमाली क्षेत्रको बरफ र हिमनदीमा विश्वमै सबैभन्दा स्वस्थ र ताजा पानी पाइने अध्ययनमा बताइएको छ। अरबौं मानिसहरु त्यहाँको पानी पिउँछन्, सोही पानीमा त्यहाँका कृषक निर्भर छन्।

अनुसन्धानमा वैज्ञानिकहरुले भूउपग्रहबाट तथ्यांकहरु संकलन गरेका थिए। उनीहरुले पानी पर्ने ढाँचा र पहिरो लगातार गइरहने सम्भावित क्षेत्रको रुपमा नेपाल, तिब्बत र चीनका हिमाली क्षेत्रलाई पहिचान गरेको हो।

अनुसन्धान टोलीले सबैभन्दा धेरै नेपाल र चीनको सिमानामा लगातार पहिरो गइरहने सम्भावना भएको बताएका छन्।

‘हिमाली क्षेत्रमा धेरै पहिरो जाँदा त्यसले भीषण बाढी निम्त्याउने र सयौं माइलसम्म बाढीको प्रभाव पर्नेछ’ अध्ययनमा भनिएको छ।

‘एसियाका उच्च हिमाली क्षेत्र दशौंहजार परसम्म पूर्वमा हिन्द कुशदेखि पश्चिममा तियान सान क्षेत्रसम्म फैलिएको छ। जहाँ धेरै ठाउमा हिमनदीहरु छन्। पृथ्वीमा तापक्रम बढ्दैछ र एसियाका उच्च हिमाली क्षेत्रको जलचक्र परिवर्तन हुँदैछ। यहाँको वार्षिक वर्षाको प्रक्रिया र पानी पर्ने ढाँचामा पनि बदलाव आउँदैछ।’ अध्ययनमा भनिएको छ,‘जुनदेखि सेप्टेम्बर महिनामा भीषण वर्षा हुँदा त्यहाँ पहिरो जानसक्छ जसले त्यहाँ खानेपानी तथा यातायातलाई प्रभाव पार्नसक्छ।’

सन् २०१९ मा बाढी र पहिरोले नेपाल, भारत र बंगलादेशमा ७० लाख मानिस विस्थापित भएका थिए।

(तस्बिर स्रोतः नासा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .