ad ad

समाज


पर्यटनमन्त्री किरातीले कर्मचारीसँग हरेक साता लिन थाले नतिजासहितको प्रगति विवरण

पर्यटनमन्त्री किरातीले कर्मचारीसँग हरेक साता लिन थाले नतिजासहितको प्रगति विवरण

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०८० शुक्रबार १६:७, काठमाडौँ

संस्कृति पर्यट तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले काम गर्न अप्ठ्यारो भयो भनेर देशलाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका छन्।

शुक्रबार मन्त्रालयस्तरीय विकास समस्या समधान समितिको बैठकमा कर्मचारीलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन्।

'कुनै पनि काम गर्न सजिलो छैन तर हामी जुन भूमिकामा छौँ, त्यो  पदभन्दा माथि देश छ। देशभन्दा ठूलो अरु केही हुन सक्दैन। देशलाई प्रथामिकतामा राखेर जोखिम उठाउन हिम्मत सबैले गर्ने हो भने अवश्य मुहार फेर्छ', मन्त्री किरातीले भने, 'हामीले काम नगर्दा देश डुब्छ। काम गर्दा जीवन डुब्न सक्छ तर हामी पदमा बसुन्जेल काम गर्नै पर्छ। हामीसँग जनताले नतिजा चाहेका छन्।'

उनले कर्मचारीहरूलाई एक्सन प्लानका आधारमा काम गर्न निर्देशन दिए। 'मलाई साप्ताहिकरुपमा नतिजासहितको प्रगति विवरण चाहिन्छ', उनले भने, 'परिणामबाहेक केही सम्झौता हुन सक्दैन।'

पछिल्लो समय नीतिगत कामलाई प्रथाकिता दिइरहेका मन्त्री किरातीले मन्त्रालयअन्तर्गतका विभागहरूमा दैनिक अनुगमन र निर्देशन दिइरहेका छन्।

तीन महिनायता उपत्याकाबाहिर नगएका उनले शनिबारबाहेक सार्वजानिक कार्यक्रममासमेत सहभागी हुन छाडेका छन्।

पर्यटन ऐन, पर्यटन सूत्र, सांस्कृतिक ऐन, प्रदेशलाई विकास समिति हस्तान्तरण, वायुसेवा निगम र विमानस्थललाई पीपीपी मोडेलबाट सञ्चालन गर्नेसहितका काम मन्त्री किरातीले अघि बढाएका छन्। उनले हिन्दू, रैथाने र पर्यटन विश्वाविद्यालय स्थापनाका लागि नीतिगत कामलाई प्राथमिकता दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .