बाँसबारी छालाजुत्ता उद्योग कारखानाको १० रोपनी जग्गा प्रकरणबारे उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नो भनाइ राखेका छन्।
चौधरीले शुक्रबार नयाँबानेश्वरस्थित संसद् भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा आफ्नो भनाइ राखेका हुन्।
नेपाली कांग्रेसका अर्का सांसद सुनिल शर्माका अनुसार उक्त बैठकमा कांग्रेसले चौधरीका लागि बोल्ने समय दिएको थियो।
सीजी होल्डिङ्सका निर्देशक समेत रहेका अरुण चौधरी बाँसबारीको सरकारी जग्गा प्रकरणमा पक्राउबारे विनोद चौधरीले कांग्रेस बैठकमा आफ्नो भनाइ राखेका हुन्।
'अरुण चौधरी पक्राउ परेकोबारेमा सांसद विनोद चौधरीजीलाई ड्यासमा पार्टीले कुरा राख्न समय दिएको थियो', उनले भने, 'उहाँले आफ्नो कुरा राख्नुभयो।'
99
Shares
प्रतिक्रिया