ad ad

राजनीति


सहकारी समितिको प्रतिवेदनले भन्यो– गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे

यस्ता छन् रविले हस्ताक्षर गरेका चेक विवरण
सहकारी समितिको प्रतिवेदनले भन्यो– गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे

नेपालखबर
असोज ४, २०८१ शुक्रबार १४:४९, काठमाडौँ

सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदनले गोर्खा मिडियामा रवि लामिछानेले नै कारोबार गर्ने गरेको निष्कर्ष निकालेको छ। 

प्रतिनिधि सभामा पेस गरिएको समितिको प्रतिवेदनमा आर्थिक कारोबारका सम्बन्धमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख भएपनि लामिछानेले नै कारोबार गर्ने गरेको पाइएको उल्लेख गरिएको छ। 

‘गोर्खा मिडिया नेटवर्क प्रा।लि।का तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाले समितिसमक्ष भएको सोधपुछमा आर्थिक कारोबारका सम्बन्धमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेको भएता पनि समितिलाई प्राप्त विवरणअनुसार निज रवी लामिछानेले नै कारोबार गर्ने गरेको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ। 

साथै, लामिछानेले हस्ताक्षर गरेका चेकहरूको विवरण पनि समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।

जहाँ, नोबडी प्रोडकसनको ५ वटा, कला बिल्डिङ एण्ड कन्ट्रक्सनमा १ पटक, कम्युनिकेशन एण्ड ब्रोडकास्ट प्रालिमा ९ पटक, राष्मिता देवी गुरागाईँको नाममा एउटा र शम्भु गुरागाईंको नाममा एउटा चेकमा लामिछानेले हस्ताक्षर गरेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।

समितिले पेस गरेको प्रतिवेदन संसद् सचिवालयले वेबसाइटमार्फत सार्वजनिक गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .