ad ad

समाज


आजको मौसम : उच्च भूभागमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

आजको मौसम : उच्च भूभागमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

सर्लाहीको लालबन्दीमा लागेको हुस्सु/ तस्बिर : क्षितिज यात्रीको फेसबुक


नेपालखबर
माघ ७, २०८० आइतबार ६:२६, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यतिबेला (आइतबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका धेरैजसो स्थानमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ।  बाँकी भूभागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई  स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी आज राति गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली  हुनेछ। राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि सोमबार देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई  स्थानमा भोलि हल्का हिमपातको सम्भावना छर

सोमबार राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएको छ। 

त्यसैगरी आगामी मंगलबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली हुनेछ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आजदेखि तीन दिनसम्म देशका उच्च पहाडी तथा हिमाली भूभागका हिमपातको सम्भावना भए पनि पानी पर्ने सम्भावना भने कतै देखिएको छैन। 

तराई मधेशका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने अनुमान महाशाखाले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .