ad ad

समाज


संसदीय समितिले एमडीएमएस र टेरामक्स खरिदका कागजात झिकायो

संसदीय समितिले एमडीएमएस र टेरामक्स खरिदका कागजात झिकायो

तस्बिर : नेपालखबर


नेपालखबर
माघ ४, २०८० बिहिबार १५:४२, काठमाडौँ

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ तथा सट्ठचना प्रविधि समितिले विदेशबाट ल्याइने मोबाइल फोन दर्ता गर्ने मोबाइल डिभाइस म्यानेजमन्ट सिस्टम (एमडीएमएस) र टेरामक्स खरिदसम्बन्धी अहिलेसम्मका सबै कागजात झिकाउने भएको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय समितिको बैठकले उक्त दुई प्रणाली खरिदमा देखिएको अनियमितताबारे अध्ययनका लागि अहिलेसम्मका सबै विवरणसहितको कागजात ७ दिनभित्र  झिकाउने निर्णय गरेको हो।

यो प्रविधि भित्र्याउने बेलामा भएको ठेक्का प्रक्रिया, अदालतको आदेश, भुक्तानी र अध्ययन प्रतिवेदन लगायत कागजात झिकाउने निर्णय भएको सभापति भानुभक्त जोशीले जानकारी दिए।

टेरामक्स प्रविधि आवश्यक हो वा होइन भन्दै सांसदहरुले त्यसबारे जानकारी गराउन समितिमा माग गरेका थिए। 

मन्त्रालयको आधिकारिक धारणासमेत माग गर्ने निर्णय भएको सभापति जोशीले जानकारी दिए। यसबारे विज्ञहरू बोलाएर छलफल गरिने पनि उनले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .