ad ad

खेल


टाइगर कप : महिलातर्फको उपाधिका लागि न्यू डायमन्ड र एपीएफ भिड्ने

टाइगर कप : महिलातर्फको उपाधिका लागि न्यू डायमन्ड र एपीएफ भिड्ने

नेपालखबर
माघ ४, २०८० बिहिबार १५:४७, काठमाडौँ

पोखरामा जारी चौथो टाइगर कप भलिबलको उपाधिका लागि चन्द्रागिरी न्यू डायमन्ड र एपीएफ क्लब भिड्ने भएका छन्। 

पोखरा रगंशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै डायमन्डले एपीएफसँगको भेट पक्का गरेको हो। 

न्यू डायमन्डले पुलिस क्लबलाई २५–१९, २५–१८ र २५–१८ ले पाखा लगाएको हो। 

यसअघि आजै भएको पहिलो सेमिफाइनलमा विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल एपिएफ क्लबले फाइनलमा स्थान पक्का गरेको थियो। 

पहिलो सेमिफाइनलमा एपीएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। 

सुरुवातको दुई सेटमा पछि परेको एपीएफले उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा पुगेको हो। 

एपीएफले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२० ले गुमाउँदै पछि परेको थियो। 

तर तेस्रो सेटमा २५–१२ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट पुनरागमन गर्‍यो। 

चौथो सेट पनि एपीएफले २५–१६ ले जित्यो। पाचौँ तथा अन्तिम सेटमा एपीएफले १५–१३ ले जित निकाल्दै उपाधि रक्षामा अघि बढेको हो। 

प्रतियोगितामा भोलि शुक्रबार महिलातर्फको तेस्रो स्थानका लागि खेल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .