ad ad

ग्लोबल


साउदीको कन्स्ट्रक्सन कम्पनी तलब दिन ८ नेपाली खोज्दै

साउदीको कन्स्ट्रक्सन कम्पनी तलब दिन ८ नेपाली खोज्दै

नेपालखबर
माघ ४, २०८० बिहिबार १५:४९, काठमाडौँ

साउदीको एक कम्पनीले कोभिडको बेला फर्किएर पुनः नफर्किएका ८ नेपालीलाई खोजिरहेको छ। त्यतिबेला पाउन बाँकी तलब छाडेर फर्किएका उनीहरूलाई पछि सम्पर्क हुन नसकेको भन्दै कम्पनीले खोजी गरेको हो।

साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनीले त्यहाँ काम गरेर कोभिडको बेला छुट्टिमा नेपाल आएर फेरि साउदी नफर्किएका ८ नेपालीलाई बाँकी तलब लिन सम्पर्क गर्न भनेको हो।

कम्पनीले दिनु पर्ने बाँकी सुविधा भुक्तानीका लागि रियादस्थित नेपाली दूतावासमार्फत सूचना गरिएको छ। कम्पनीले उक्त तलब सुविधा भुक्तानीका लागि सहजीकरण गरिदिन दूतावासलाई भनेको थियो।

कम्पनीले तलब दिन बाँकी रहेका नेपालीहरुमा सिरहाका सञ्जयकुमार यादव, सुरेसकुमार साह, नवलपरासीका बाबुराम केवट, खोटाङका प्रकाश गिरी, उदयपुरका देवबहादुर श्रेष्ठ, सुनसरीका भेगबहादुर राना मगर, तेह्रथुमका भिमप्रसाद दाहाल र सिरहाका बुद्ध मुखिया मलाह रहेका छन्।

कसले कति पाउन बाँकी छ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .