ad ad

समाज


चितुवाको आक्रमणबाट पोखरामा नौ बर्षीया बालिकाको मृत्यु

चितुवाको आक्रमणबाट पोखरामा नौ बर्षीया बालिकाको मृत्यु

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ४:५,

चितुवाको आक्रमण परी कास्कीको पोखरामा एक बालिकाको मृत्यु भएको छ।

बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँकी नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

बालिकाका आमाबुवा दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गरेका थिए।

जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने क्रममा गाउँबाट केहीपर रहेको जङ्गलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रही निरीक्षक अधिकारीले बताए।

प्रहरी र स्थानीयवासीले चितुवाको खोजी जारी राखे पनि फेला पार्न सकेका छैनन्।

यसअघि तनहुँका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परी बालबालिकाले ज्यान गुमाएका घटना सार्वजानिक भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .