ad ad

समाज


साहित्यकार भट्टको नागरिक अभिनन्दन गरिने

साहित्यकार भट्टको नागरिक अभिनन्दन गरिने

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ४:२४,

प्रगतिशील लेखक संघ (प्रलेस) को आयोजनामा साहित्यकार तथा राजनीतिज्ञ आनन्ददेव भट्टको सार्वजनिक अभिनन्दन गरिने भएको छ।

२३ फागुनमा भट्टको अभिनन्दनका लागि प्रलेसका अध्यक्ष जीवेन्द्रदेव गिरीको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

समितिअन्तर्गत अध्यक्ष गिरीकै संयोजकत्वमा प्रकाशन, वासुदेव अधिकारीको संयोजकत्वमा आर्थिक, मातृका पोखरेलको संयोजकत्वमा व्यवस्थापन र आरएम डङ्गोलको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ।

अभिनन्दनका अवसरमा प्रलेसका पूर्वअध्यक्ष भट्टको जीवनी, व्यक्तित्व र कृतित्वसम्बन्धी लेखरचना समेटेर अभिनन्दन ग्रन्थ र परिचय पुस्तिका पनि प्रकाशन गरिने छ। कृतिका लागि फागुन १० गतेसम्म लेखरचना पठाउन आयोजक समितिले लेखकहरुलाई आग्रह गरेको छ।

विसं १९९३ असोज २५ गते पिता जयदेव र माता हीरादेवीको कोखबाट जुम्लामा जन्मनुभएका भट्टका काव्य, समालोचना एवं समीक्षा, निबन्ध, दर्शन, भाषा र राजनीतिसम्बन्धी कृति र अनुवाद गरी १६ कृति प्रकाशन हुनाका साथै उनले केही साहित्यिक पत्रिकाको सम्पादन पनि गरेका छन्।

उनले करीब ३५ वर्ष त्रिविअन्तर्गतका धनकुटा, सुनसरी, चितवनका कलेज, अङ्ग्रेजी केन्द्रीय विभागमा अध्यापन, त्रिवि पाठ्यक्रम विकास केन्द्रमा उपनिर्देशक भएर काम गरेका थिए।

प्रलेसका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक गिरीले आफ्नो सक्रिय जीवनमा राष्ट्रका लागि निकै योगदान दिनुभएका प्रगतिशील व्यक्तित्वको जीवनकालमै अभिनन्दन गर्ने प्रलेसको नीति भएको जानकारी दिए।

प्रलेसका पूर्वअध्यक्ष मातृका पोखरेलले भट्टले विसं २०२८ माघ १७ गते भरतपुर दियालो बङ्गलामा राजा महेन्द्रसँगको भेटमा (सोही दिन महेन्द्रको निधन) जनताको नासो प्रजातन्त्र जनतालाई नै सुम्पन आग्रह गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .