ad ad

समाज


काठमाडौंमा एकै दिन चार शव फेला

काठमाडौंमा एकै दिन चार शव फेला

नेपालखबर
पुस १, २०८० आइतबार १८:३७, काठमाडौँ

काठमाडौंका विभिन्न स्थानमा आइतबार चार शव फेला परेका छन्।

प्रहरीका अनुसार काठमाडौं महानगपालिका–३२ कोटेश्‍वर खरिबोट डेरा गरी बस्ने दोलखा बिगु गाउँपालिकाका ६० वर्षीय कुमार बहादुर खड्का आफ्नै कोठामा मृत अवस्थामा फेला
परेका छन्।

यसैगरी काठमाडौं थापाथली चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको छ।  

यता, बूढानीलकण्ठ नगरपालिका–४ भसन्थली लिपिकोटस्थित नालामा ४३ वर्षीय रमेश कार्की नाम गरेका व्यक्तिको शव भेटिएको छ।

यस्तै, काठमाडौं कलंकीस्थित बज्रबाराही ढुवानी सेवा डिपोमा अन्दाजी ७ महिनाको सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .