ad ad

समाज


बाराको सिम्रौनगढमा तनाव, प्रहरीको गोली लागेर एकजनाको मृत्यु

बाराको सिम्रौनगढमा तनाव, प्रहरीको गोली लागेर एकजनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
मंसिर २७, २०८० बुधबार १८:८, काठमाडौँ

बाराको सिम्रौनगढ नगरपालिकामा बुधबार भएको तनावका क्रममा एकजनाको ज्यान गएको छ।

सिम्रौनगढ नगरपालिकाको कार्यालय परिसरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एकजनाको ज्यान गएको हो। 

झडपका क्रममा प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो। त्यसपछि पनि अवस्था नियन्त्रणमा आउन नसक्दा प्रहरीले गोली चलाउनु परेको जनाएको छ।

गोली लागेर घाइते भएका सिम्रौनगढ नगरपालिका–१ नमसंग्राढाटका २५ वर्षीय लक्ष्मी मुखियाको नारायणी अस्पताल वीरगञ्जमा उपचारका ज्यान गएको हो। 

तलब नपाएपछि उक्त नगरपालिका क्षेत्रका कर्मचारी र शिक्षकहरूले केही महिनादेखि नगर परिसरमा धर्ना दिँदै आएका थिए।

तर बुधबार अवस्था भड्किएको हो। नगरपालिकाका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्र सवार गाडीमा तोडफोड भएको थियो। मेयरको गाडीमा प्रमुख प्रशासकीय अधिकृत मिश्र आएपछि आक्रोशित कर्मचारीहरूले ढुंगा हानेका थिए।

आक्रमणमा परेपछि मेयर साह कलावर र अधिकृत मिश्र ज्यान जोगाउँदै कार्यालयभित्र छिरेका थिए। उनीहरू भागेपछि प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको हो। 

त्यही झडपका क्रममा मुखियालाई प्रहरीको गोली लागेको हो। अहिले त्यहाँको अवस्था प्रहरीको नियन्त्रणमा आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .