ad ad

समाज


थाइल्यान्ड पठाउने भन्दै नेपालीलाई म्यानमारमा बन्धक बनाएको आरोपमा महिला पक्राउ

थाइल्यान्ड पठाउने भन्दै नेपालीलाई म्यानमारमा बन्धक बनाएको आरोपमा महिला पक्राउ

नेपालखबर
मंसिर २५, २०८० सोमबार १९:१७, काठमाडौँ

थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा २ जनालाई झुक्याएर म्यानमार पुर्याएर बिक्री गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा गोरखाको धार्चे गाँउपालिका–४ बस्ने वर्ष २७ की कबिता गुरुङ रहेकी छन्।

उनी सहितका पीडकले पीडितहरुलाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्याई बन्धक बनाई दिनको १८–२० घण्टासम्म दास तुल्याई अनलाइन ठगीमा लगाई मानव बेचबिखन गरेको प्रहरीको आरोप छ।

सोमबार काठमाडौंबाट पक्राउ परेकी उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान कार्य भइरहेको नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्युरोले जनाएको छ।

प्रहरीका अनुसार उनले थाइल्याण्ड स्थित कम्पनीमा अंग्रेजी टाइपिङको काममा मासिक एक हजार डलर कमाई हुने तथा खाने, बस्ने व्यवस्था समेत कम्पनीले नै गर्ने भनि प्रलोभन देखाइ पिडीतहरूलाई काठमाडौंस्थित आफ्नो घरमै बोलाई अंग्रेजीको टाइपिङ स्पिड चेक गरेको र उक्त परीक्षामा पास भएकोले पीडितहरुलाई पैसाको जोहो गर्न लगाई उनीहरुबाट जनही २ लाख ६० हजारका दरले पैसा लिई म्यान्मार पठाएको खुल्न आएको छ।

पीडितहरूलाई थाइल्यान्ड भनि झुक्याई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्याई फेसबुक, ह्वाटसएप, ट्वीटर जस्ता सामाजिक सञ्जाल मार्फत अमेरिकी, युरोपियन नागरिकहरूलाई के कसरी ट्रयापमा पारी अनलाइन मार्फत बिटक्वाइन लगायतका भर्चुअल करेन्सीमा लगानी गर्न आकर्षित गर्न सकिन्छ भन्ने बारेमा तालीम समेत दिएको खुल्न आएको छ।

कम्पनीले निश्चित अवधीमा अमेरीकी नागरीकलाई भर्चुअल करेन्सीमा लगानी गर्न तयार पार्नुपर्ने गरि तार्गेट  तोकी सो पुरा गर्न नसकेमा कुटपिट गर्ने, इलेक्ट्रिक सक लगाउने जस्ता शारीरिक मानसिक यातना दिने गरको खुल्न आएको छ।

कम्पनीलाई चारैतिरबाट सुरक्षा गार्डले पहरा दिनुका साथै सीसी क्यामेरा समेत जडान गरी कम्पनी भन्दा बाहिर आफूखुसी जान नपाउने गरि कम्पनी भित्रै १८–२० घण्टा सम्म अनलाइन गठीको काममा लगाई साइभर स्लाभको रुपमा श्रम शोषण गर्ने गरिएको प्रहरीको भनाई छ।

पीडितहरू म्यानमार पुगेको ९ महिनापछि नेपाल फर्कन म्यानमार स्थित कम्पनीलाई ८ लाख तिर्न बाध्य भएका थिए।

यस घटनामा संलग्न अन्य प्रतिवादीहरुको खोजतलास एवं अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .