भारतको उत्तर प्रदेशस्थित फारुखावादमा घरमै बोलाई २० बालबालिकालाई बन्धक बनाउने एक व्यक्तिलाई प्रहरीले गोली हानी मारेको छ। उनकी पत्नीलाई भने स्थानीयको भीडले ढुंगा हानेर हत्या गरेका छन्।
आफ्नी एक वर्षकी छोरीको जन्मदिन भन्दै सुवास बथाम नामक ती व्यक्तिले टोलका २० बालबालिकालाई बिहीबार साँझ घरमा ल्याई बन्धक बनाएका थिए। हत्या आरोपित बथाम धरौटीमा छुटेका थिए।
१० घण्टासम्म प्रहरीले बथामलाई आत्मसमर्पण गराउने प्रयास गरेको थियो। अन्त्यमा प्रहरीले घरभित्र पसी गोली चलाएको थियो।
घटनामा बन्धक बनेका बालबालिका सुरक्षित रहेको बताइएको छ।
त्यसलगत्तै भाग्न खोजेकी बथामकी पत्नीलाई गाउँलेले ढुंगामुढा गरी घाइते बनाएको र अस्पताल पुर्याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। बालबालिका बन्धक बनाउने अपराधमा उनको मिलेमतो भएनभएको स्पष्ट छैन।
गोली हानाहानमा दुई प्रहरी र एक रमिते घाइते भएको बताइएको छ। एजेन्सी
Shares
प्रतिक्रिया