ad ad

समाज


छोरी बीमा रकममा वृद्धि

छोरी बीमा रकममा वृद्धि

नेपालखबर
माघ १७, २०७६ शुक्रबार ११:४६,

प्रदेश नं २ सरकारले छोरीलाई दिँदै आएको बीमा रकममा वृद्धि गरेको छ। सरकारले गत वर्ष माघ १ गतेदखि प्रदेशमा जन्मेका छोरीलाई रू एक लाखको बीमा रकम दिँदै आएकामा आजदेखि उक्त रकममा वृद्धि गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री लालबाबु राउतले आज पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशमा जन्मिने छोरीको बीमा रकम वद्धि गरी रु तीन लाख पुर्‍याइएको जानकारी दिए। उनले प्रदेश सरकारद्वारा गत वर्ष फागुन ९ गतेदखि राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वीरगञ्जबाट थालनी गरिएको सो योजनाअन्तर्गत चार हजार ३७३ छोरीलाई बीमा रकम उपलब्ध गराइएको बताए।

उनले विगतमा प्रदेशबाट सो रकम दिँदै आएकामा अबदेखि स्थानीय तहबाटै उपलब्ध गराउने निर्णयसमेत भएको जानकारी दिए। उनले प्रदेश सरकारले उपलब्ध गराउने रकममा स्थानीय तहलाई थप वृद्धि गरी रु छ लाख पुर्‍याउन आग्रह गर्ने पनि बताए। लैङ्गिक विभेद र छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने उद्देश्यले सो योजना थालनी गरिएको बताउँदै मुख्यमन्त्री राउतले आगामी दिनमा कक्षा १ देखि ८ कक्षामा पढ्ने दलित र मुस्लिम समुदायका छोरीलाई छात्रवृत्ति प्रदान गर्ने योजना रहेको समेत बताए।

‘बेटी पढाउ, बेटी बचाउ’ योजनाअन्तर्गत १४ हजार साइकल वितरण गरिएको जानकारी गराउँदै उनले आगामी दिनमा १० हजार साइकल वितरणका लागि गृहकार्य भइरहेको बताए। मुख्यमन्त्री राउतले मन्त्रिपरिषद्ले प्रादेशिक अस्पताल जनकपुरलाई प्रदेश आयुर्वेद स्वास्थ्य प्रतिष्ठानमा परिणत गर्नुका साथै शहीदको सम्मानमा मधेश शहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरिएको पनि जानकारी दिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .