ad ad

राजनीति


नेकपा बैठक : समूहगत प्रतिवेदन प्रस्तुत, आइतबार नेतृत्वले जवाफ दिने

नेकपा बैठक : समूहगत प्रतिवेदन प्रस्तुत, आइतबार नेतृत्वले जवाफ दिने

नेपालखबर
माघ १७, २०७६ शुक्रबार ११:३७,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपां) को केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकको तेस्रो दिन शुक्रबार समूहगत प्रतिवेदन प्रस्तुत गर्ने क्रम सुरु भएको छ।

प्रदेश अध्यक्षबाट रिपोर्टिङ सकिएपछि १५ समूहका नेताले आआफ्नो समूहगत छलफलबाट आएको प्रतिवेदन पेश गर्ने क्रम सुरु भएको हो।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरेर समूह नेताले प्रतिवेदन प्रस्तुत गरिरहेका छन्।

नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार समूह २ की कमला रोका, समूह ६ का दीनानाथ शर्मा र समूह १३ का लेखनाथ न्यौपानेले प्रतिवेदन पेश गरिसकेका छन्। बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ।

बैठकमा सचिवालय र स्थायी कमिटीका निर्णयमाथि छलफल तथा अनुमोदनको कार्यसूची पनि छ।

प्रदेश १ का अध्यक्ष देवराज घिमिरे, प्रदेश २ का अध्यक्ष प्रभु साह, वाग्मती प्रदेशका अध्यक्ष नारायणप्रसाद दाहाल, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, प्रदेश ५ का अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापा, सम्पर्क समन्वय कमिटीका अध्यक्ष प्रल्हाद बुढाथोकी, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष डा राजन भट्टराई र प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईंको प्रतिवेदन पेश भएको छ। रासस
–––

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .