ad ad

कारोबार


सामाजिक सञ्जालमार्फत हुने विज्ञापनकाे भुक्तानीमा राष्ट्र बैंककाे कडाइ

सामाजिक सञ्जालमार्फत हुने विज्ञापनकाे भुक्तानीमा राष्ट्र बैंककाे कडाइ

नेपालखबर
माघ १७, २०७६ शुक्रबार ११:५५,

अबदेखि कुनै पनि व्यक्ति तथा कम्पनीले फेसबुक, ट्विटर र युट्युबमा गरिने विज्ञापनकाे भुक्तानी अनाैपचारिक माध्यमबाट गर्न नपाउने भएका छन्। त्यसरी गरे गैरकानुनी हुने भएकाेले राष्ट्र बैंकले कारबाही गर्ने भएको हो।

राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै सामाजिक सञ्जालसँग सम्बन्धित अनलाइन कम्पनीमार्फत गरिने विज्ञापनकाे भुक्तानीमा कडाइ गरेको हो। यसरी विज्ञापन गर्दा अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुननी भएकोले कडाइ गर्नुपरेको राष्ट्र बैंकले बताएको छ।

यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकोले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय (नियमित गर्ने ) ऐन २०१९ र प्रचलित कानुनबमोजिम कारबाही हुनेछ।

rbb circular

पछिल्लो समय नेपालका व्यावसायिक क्षेत्रले सामाजिक सञ्जालमा विज्ञापन गर्न थालेपछि त्यो कारोबार पारदर्शी बनाउने तयारीमा सरकार लागिपरेको थियो। सरकारले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै उक्त विषय उल्लेख गरेको थियो।

सरकारले सामाजिक सञ्जालमा नेपालबाट हुने कारोबारबापतको कर समेत असुल गर्ने नीति अपनाइसकेको छ। त्यसको लागि ऐन निर्माणको क्रममा छ। सामाजिक सञ्जाल नेपालमा दर्ता गराउनुपर्ने र उक्त सञ्जालको एजेन्सी नेपालमा रहनुपर्ने बताउँदै आएको छ।

सामाजिक सञ्जालमा विज्ञापन गर्नलाई राष्ट्र बैंकबाट सटही सुविधा पहिले पनि नपाउने व्यवस्था छ। एजेन्सीहरुले बाहिर काम गर्ने नेपालीले पठाउने पैसा उतै रोकेर आफँै राख्ने गर्थे। त्यसबराबरको पैसा उनीहरुले नेपाली रुपैयाँमा परिवारलाई भुक्तानी गरिदिएर यसको कारोबार हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .