ad ad

राजनीति


कांग्रेसले भन्यो : वुहानमा रहेका नेपालीको तत्काल उद्धार गर

कांग्रेसले भन्यो : वुहानमा रहेका नेपालीको तत्काल उद्धार गर

नेपालखबर
माघ १७, २०७६ शुक्रबार १२:१,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चीनको बुहानमा रहेका नेपालीहरुलाई यथाशीध्र नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग माग गरेको छ।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति प्रकाशित गर्दै वुहानबाट अन्य देशहरुले आफ्ना नागरिक फिर्ता लैजान थालेको भन्दै नेपालले त्यहाँ रहेका आफ्ना विद्यार्थी र अन्य नागरिकलाई फिर्ता ल्याउन कुनै गम्भीरता नदेखाउनु आपत्तिजनक भएको बताएका छन्।

‘ कयौं देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको विवरण आएका छन्। तर, त्यहाँ रहेका करिब एकसय नेपाली विद्यार्थीसँगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुःखद र आपत्तिजनक छ’, सभापति देउवाद्वार जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथाशीघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु।’

 कांग्रेसले कोरोना भाइरसको प्रवेशलाई रोक्नका लागि नेपाल प्रवेशका सबै अन्तर्राष्ट्रिय नाकामा बिशेष हेल्थ डेस्क प्रभावकारी ढंगले सञ्चालन गर्न अपिल समेत गरेको छ। त्यस्तै वुहानबाट नेपालीहरुलाई उद्दार गरेर ल्याए पश्चात स्वास्थ्य परिक्षणको प्रतिवेदन आउने निश्चित अवधिभर अलग्गै राख्ने शिविरको प्रवन्ध गर्न सरकारले तत्काल कार्य सुरु गर्नुपर्ने आवश्यकता समेत विज्ञप्तिमा औंल्याइएको छ।

सभापति देउवाले संक्रमण परिक्षणका लागि राजधानीमा अलग्गै केन्द्र तत्काल स्थापना गर्नुपर्ने भन्दै यस कार्यलाई गम्भीरतापूर्वक लिएर गम्भीरताकासाथ काम गर्न समेत सरकारलाई सचेत गराएका छन्।

सभापति देउवाले कोरोना भाइरस नियन्त्रणका लागि चीन सरकारले गरिरहेको प्रभावकारी कार्यको प्रशंसा गर्दै कोरोनाका कारण ज्यान गुमाउनेका परिवार र चीन सरकारप्रति समवेदना समेत व्यक्त गरेका छन्।

उनले कोरोना भाइरसको प्राणघातक संक्रमणप्रति संयमपूर्वक सतर्कताका लागि पार्टीका तर्फबाट स्वदेश र विदेशमा रहेका समस्त नेपालीहरुमा अपिल समेत गरेका छन्। 

No photo description available.

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .