ad ad

समाज


बाटोमा बसेर फूल बेच्नेलाई महानगरले आफ्नै गाडीमा राखेर बिक्रीस्थल पुर्‍यायाे

बाटोमा बसेर फूल बेच्नेलाई महानगरले आफ्नै गाडीमा राखेर बिक्रीस्थल पुर्‍यायाे

नेपालखबर
कात्तिक २६, २०८० आइतबार १०:३१, काठमाडौँ

सडकमा बसेर फूल बेच्नेलाई काठमाडौँ महानगरपालिकाले आफ्नै गाडीमा राखेरी बिक्री स्थलमा पुर्‍याएको छ। 

सडकका विभिन्न स्थानमा बसेर फूल बेचिरहेका बिक्रेतालाई महानगरपालिकाको प्रहरीले आफ्नै सवारी साधनमा राखेर सामनसहित तोकिएको बिक्री स्थलमा लगेर छाडेको छ।

महानगरले नयाँ सडकमा बसेर फूल बेच्ने व्यापारीलाई भृकुटीमण्डप पुर्याएर छाडेको छ। यसबाट नयाँ सडक क्षेत्रको सवारी आवागमन खुकुलो भएको छ। 

‘काठमाडौँ महानगरपालिका, नेपाल फ्लोरिकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सको संयुक्त प्रयासमा विक्री स्थलबाट मात्र फूल बेच्ने प्रबन्ध मिलाइएको छ,’ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेनले भने, ‘प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणमा फूल बेच्ने ठाउँको प्रबन्ध मिलाइएको छ।’

काठमाडौं महानगरले ४ ठाउँमा बिक्री केन्द्र तोके पनि बिक्रेताले सडकमा बसेर फूल बिक्री गर्दै आएका छन्। कालिमाटी, न्युरोड लगायतका ठाउँमा सडकमै बसेर अहिले पनि किसान र व्यापारीले फूल बिक्री गरिरहेका छन्। 

‘हामीले नेपाली उत्पादकलाई फूल बेच्न अवरोध गर्दैनौँ। नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिनेछ,’ मेयर शाहले भने। 

किसानलाई स्वदेशी उत्पादन विक्रीका लागि तोकिएको स्थानमा ल्याउन आग्रह गर्दै उनले भने, ‘उपभोक्तालाई महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा आएर स्वदेशी फूल र माला खरिद गर्न अनुरोध गर्दछु।’ 

तोकिएका स्थानमा नेपाली फूलहरू मात्रै विक्री गरिनेछ। यसका लागि महानगरपालिका, नेपाल फ्लोरिकल्चर एशोसिएसन र चेम्बर अफ कमर्शको संयुक्त टोलीले अनुगमन गरिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .