ad ad

समाज


नेपालको मध्य र पूर्वी क्षेत्रबाट पनि बाहिरिँदै मनसुन

नेपालको मध्य र पूर्वी क्षेत्रबाट पनि बाहिरिँदै मनसुन

फाइल फाेटाे


नेपालखबर
असोज २६, २०८० शुक्रबार १९:४०, काठमाडौँ

नेपालको मध्य र पूर्वी भागबाट पनि मनसुन बाहिरिने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

पश्चिमी क्षेत्रबाट भने मनसुन बाहिरिइसकेको छ। मौसमविद्का अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिइसकेको मनसुन लुम्बिनी प्रदेशको अधिकांश स्थान र गण्डकी प्रदेशको पश्चिम भागबाट पनि हटिसकेको छ। 

अब मनसुन गण्डकी प्रदेशको पूर्वी भाग, बागमती, मधेश र कोशी प्रदेशमा मात्र बाँकी छ।

महाशाखाले शुक्रबार ट्विटरमार्फत भनेको छ, ‘नेपालको पश्चिमी भूभागबाट मनसुन बाहिरिसकेको छ। पूर्वी र मध्य भूभागबाट भने बाहिरिने क्रममा रहेको छ।’ पूर्वबाट प्रवेश गरी देशभर फैलिएको मनसुन पश्चिमबाट क्रमशः हट्दै पूर्वैबाट बाहिरिन्छ। 

यस वर्ष मनसुन सरदर मितिभन्दा एक दिन ढिला अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) भित्रिएको थियो। 

मनसुन बाहिरिएपछि वर्षायाम सकिएको मानिन्छ।

यसपछिको सिजनलाई पोस्ट मनसुन भनिन्छ। पोस्ट मनसुनको अवधि अक्टोबर र नोभेम्बरसम्म रहन्छ। 

मौसमविद्का अनुसार पोस्ट मनसुन लागेपछि हिमाली भेगमा हिमपात हुन सुरु हुन्छ। तर धेरै हुँदैन। पोस्ट मनसुनलाई पर्यटकीय मौसम पनि भनिन्छ।

डिसेम्बरदेखि विन्टर (हिउँद) सुरु हुने मौसमविद् बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .