ad ad

समाज


दोलखामा बेपत्ता वृद्धका चप्पल र लुगा तामाकोसी किनारमा भेटिए, नदीमा हामफालेको आशंका

दोलखामा बेपत्ता वृद्धका चप्पल र लुगा तामाकोसी किनारमा भेटिए, नदीमा हामफालेको आशंका

नेपालखबर
असोज १७, २०८० बुधबार १३:२१, काठमाडौँ

दोलखामा ९१ वर्षका वृद्ध बेपत्ता भएका छन्।

जिल्लाको भीमेश्वर नगरपालिका-५ तामाकोसीका ९१ वर्षीय महेश्वर रिमाल म‌ंगलबारदेखि हराइरहेका हुन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार खोजीका क्रममा तामाकोसी गाउँपालिका १ स्थित तामाकोसी नदीको दोभानमा उनका चप्पल, स्टकोट, गलबन्दी र लौरो भने फेला परेका छन्। उनले त्यही नदीमा हालफालेको हुनसक्ने अनुमान गरिएको छ।

मंगलबार बिहान ९ बजेतिर घरमा कसैलाई जानकारी नदिई हिँडेका रिमाललाई स्थानीयले खोजतलास गर्दा साँझसम्म पनि नभेटेपछि प्रहरीलाई खबर गरेका थिए। 

प्रहरी चौकी किरातीछापबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा चारजनाको टोलीले उनको खोजी जारी राखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .