ad ad

समाज


दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गरेको आरोपमा पक्राउ

दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गरेको आरोपमा पक्राउ

नेपालखबर
असोज १२, २०८० शुक्रबार १७:५६, काठमाडौँ

वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी तीन लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा अर्घखाँची भूमिकास्थान नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ काडाँघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिए।

उनका अनुसार निजले अजयकुमार महतोलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने र त्यसका लागि रु तीन लाख पाँच हजार लाग्ने एवं दुबई पुगेपछि वाइक राइडरमा काम लगाइदिने भनी विश्वास दिलाएर पीडितबाट पटक–पटक गरी जम्मा रु तीन लाख रकम लिई ठगी गरेको आरोपमा आज दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो।

निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .