ad ad

समाज


बागमती नदीमा फसेका व्यक्तिलाई सशस्त्र प्रहरीले मध्यराति गर्‍याे उद्धार (तस्बिर)

बागमती नदीमा फसेका व्यक्तिलाई सशस्त्र प्रहरीले मध्यराति गर्‍याे उद्धार (तस्बिर)

नेपालखबर
असोज ३, २०८० बुधबार ९:४८, काठमाडौँ

गएराति सशस्त्र प्रहरीले काठमाडौंको दक्षिणकालीस्थित बागमती नदीबाट एक  व्यक्ति को सकुशल उद्धार गरेको छ। 

राति २ बजे दक्षिणकाली नगरपालिका ८ कटुवाल दहस्थित बागमती नदीबाट सोही ठाउँका ४० वर्षीय रामबहादुर लामालाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए

पानीको बहाब कम भएको बेला मंगलबार साँझ नदिपारी गएका लामा बहाब बढेपछि वारि आउँन नसकी नदि किनारको पहरामा फसेका थिए। 

लामा नदीमा फसेको खबर पाएपछि सशस्त्र प्रहरी बल २० नम्बर बिपद् उद्दार उपत्यका गणबाट गोताखोरसहितका ९ जना र सशस्त्र प्रहरी १८ नम्बर निलबाराही गण कीर्तिपुरबाट १५ जनासहितको सुरक्षाफौज रातको २ बजे घटनास्थलमा पुगी लामाको सकुशल उद्दार गरेको हो।

मोटरबोटसहित गएको फौजले रोप रेस्क्यु र अन्य बिधिको प्रयोग गरि उद्दार गरेपश्चात लामालाई  आफन्तको जिम्मा लगाइएको थापाले जानकारी दिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .