ad ad

समाज


रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

नेपालखबर
भदौ २८, २०८० बिहिबार ६:२८, काठमाडौँ

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस रामेछापमै दुर्घटना हुँदा सातजना घाइते भएका छन्।

रामेछापको सुनपातीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ५९६० नम्बरको बस बुधबार दिउँसो आफैं अनियन्त्रित भई सुनापाती गाउँपालिका ३ कै भलायखर्क भन्ने स्थानमा पल्टिँदा सातजना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

‘बसमा २० यात्रु सवार थिए। त्यसमध्ये दुर्घटनाम सातजना घाइते भएका हुन्,’ जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी होम पराजुलीले नेपालखबरसँग भने, ‘घाइते सबै खतरामुक्त छन्।’ 

घाइतेलाई उपचारको लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको उनले जानकारी दिए। 

अप्ठ्यारो बाटोमा अनियन्त्रित भएर बस सडकमै पल्टिएको हो। सडकबाट तल नखसेकाले ठूलो मानविय क्षति हुन नपाएको डीएसपी पराजुलीले बताए।

दुर्घटनापछि बस चालक रामेछापकै चित्रबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सडकको बीचमै बस पल्टिँदा दिउँसो केही घण्टा सुनापतिमा सडक अवरुद्ध भएको थियो।  

दुर्घटनामा सुनपाती २ का ५० वर्षीया मैच्याङ तामाङ, सुनापाती ४ का ६२ वर्षीय धनबहादुर तामाङ, सोही गाउँपालिका–३ का ७० वर्षीया शुक्रमाया विश्वकर्मा, सुनापाती २ का ६५ वर्षीया साइँली तामाङ, सुनापती– ३ का ६० वर्षीय मिन बहादुर थापा, सुनापटी–५ का चार वर्षीय बालक विश्वास बिसंखे घाइते भएका छन्। 

उनीहरु सबैको धुलिखेलमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .