ad ad

समाज


सुन तस्करी गर्न चिनियाँ समूहले नेपालमा खोलेका थिए पाँचवटा कम्पनी

सुन तस्करी गर्न चिनियाँ समूहले नेपालमा खोलेका थिए पाँचवटा कम्पनी

सीआईबीको पत्रकार सम्मेलन। तस्बिर : सरोज बैजु


नेपालखबर
भदौ २७, २०८० बुधबार १२:३९, काठमाडौँ

हङकङ हुँदै नेपालबाट भारतसम्म सुन तस्करीका लागि चिनियाँहरुले पाँचवटा कम्पनी खोलेको पाइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएको हो।

साउन ३ गते बरामद भएको करिब ६१ किलो सुन तस्करीका अनुसन्धान अधिकृत एवम् प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले हङकङ रुट हुँदै नेपालमा सुन तस्करीका लागि चिनियाँले पाँचवटा कम्पनी नै खोलेको बताए। 

‘चिनियाँ समूहले सुन तस्करीकै लागि नेपालमा पाँचवटा कम्पनी खडा गरेका भेटिएको छ’, उनले पत्रकार सम्मेलनमा भने, ‘उनीहरुले ३०२ किलो सुन नेपाल भित्र्याउन हङकङकै बाटो प्रयोग गरेको पाइएको छ। ब्रेक प्याडसहितका इलेक्ट्रिक र अनइलेक्ट्रिक वस्तुबाट पनि सुन ल्याएको खुलेको छ।’

उनका अनुसार नेपाली कम्पनी खडा गर्नका लागि पाँचजना विदेशी नागरिकले झुटा विवरण राखेर नागरिकता निकालेको पनि भेटिएको छ।

यो प्रकरणमा ताइवानका पनि नागरिक जोडिएका छन्। चीन र भारतका पनि नागरिक सुन तस्करीमा जोडिएका उनले बताए। 

दोलखाका दिलीप भुलेजको नाममा दर्ता भएको रेडी ट्रेड लिंक प्रालिले विभिन्न देश हुँदै नेपालमा हालसम्म ३०२ किलो ६२० ग्राम अवैध सुन तस्करी गरेर भित्र्याएको पनि खुलेको छ।

कम्पनीले भित्र्याएका सबै बरामद ब्रेक प्याडहरुलाई जोख्दा ३०२ किलो ६२० ग्राम सुन ल्याएको देखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .