ad ad

समाज


हङकङबाट भित्रिएको तस्करीको सुन नेपाल हुँदै पुग्थ्यो भारत

हङकङबाट भित्रिएको तस्करीको सुन नेपाल हुँदै पुग्थ्यो भारत

सुन तस्करीमा प्रयोग गरिएका सामग्री। तस्बिर : सरोज बैजु


नेपालखबर
भदौ २७, २०८० बुधबार १२:५३, काठमाडौँ

नेपालमा पछिल्लो समय हवाई मार्ग हुँदै भइरहेको सुन तस्करीका लागि हङकङलाई ट्रान्जिट बनाएको पाइएको छ।

साउन ३ गते बरामद भएको करिब ६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्री अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको ३५ दिन लामो अनुसन्धाननबाट उक्त कुरा खुलेको हो।

हङकङमा तीनवटा र नेपालमा पाँचवटा कम्पनी नै खडा गरेर कार्गोमार्फत सुन तस्करी हुने गरेको खुलेको हो।

यो सुन तस्करी प्रकरणमा हङकङबाट नेपाल पठाउने काममा चिनियाँ नागरिकहरुको संलग्न पाइएको छ। त्यसैगरी ताइवानका नागरिक पनि नेपालमा हुने गरेको सुन तस्करीमा जोडिएका छन।

सुन तस्करीको अनुसन्धानमा खटिएका सीआईबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बुधबार आयोजित पत्रकार सम्मेलनमा हङकङ हुँदै नेपाल भित्रिएको सुन अवैध बाटोबाट भारत पुग्ने गरेको पाइएको बताए। 

‘पछिल्लो समय धेरै अवैध सुन हङकङबाट नेपाल भित्रिएको भेटिएको छ’, उनले भने, ‘हाम्रो अनुसन्धान टोलीले नेपाल भित्रिएको उक्त सुन भारतीय बजारमा पुग्ने गरेको पाएको छ। यो प्रकरणमा अवैध सुन भारतसम्म पुर्‍याउन भारतीय नागरिकहरु पनि संलग्न रहेका भेटेका छौँ।’

सीआईबीले गत साउन ३ गते बरामद करिब ६१ केजी सुन प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिँदैछ।

सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले पक्राउ परेका ९ विदेशीसहित ३२ जना तथा फरार रहेका १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको बताइन्। 

उनका अनुसार यो प्रकरणमा हालसम्म सबै बरामद ब्रेक प्याडहरुलाई जोख्दा ३०२ किलो ६२० ग्राम सुन ल्याएको देखिएकाले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन राय दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .