ad ad

समाज


बाबु-छोरा दिनहुँ महाकालीमा पौडी खेल्थे, शुक्रबार दुबैलाई नदीले बगायो

बाबु-छोरा दिनहुँ महाकालीमा पौडी खेल्थे, शुक्रबार दुबैलाई नदीले बगायो

नेपालखबर
भदौ ९, २०८० शनिबार ६:८, बैतडी

नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीले बगाउँदा बाबु–छोरा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सीमा बजार झुलाघाटका ४४ वर्षीय सन्तोष चन्द र उनका पाँच वर्षीय छोरा तनुज चन्द रहेका छन्।  

महाकाली नदीस्थित भारतीय क्षेत्रतर्फ किनारमा ट्युबसहित पौडी खेलिरहेका बाबु–छोरा अपराह्न बगेर बेपत्ता भएका सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५१ गुल्म हेडक्वार्टर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णसिंह पुजाराले जानकारी दिए। 

दिनदिनै ट्युब खेल्ने बाबु–छोरा शुक्रबार भने एक्कासि नदीमा बगेको भन्ने खबर आएको पुजाराले बताए। 

‘नदी नजिकै घर रहेका उनीहरू दिनदिनै महाकालीमा ट्युबसहित खेल्दा रहेछन्, आज एक्कासि नदीमा पानीको बहाव बढेपछि उनीहरू बगेका भन्ने खबर छ,’ उनले भने।

घटना भारततर्फ भएकाले पूर्ण जानकारी आएको छैन। बेपत्ता दुवै जनाको खोजीका लागि नेपाल र भारतीय सुरक्षाकर्मीको टोली परिचालन भएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५१ गुल्म हेडक्वार्टर बैतडीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .