ad ad

समाज


आज राष्ट्रिय सूचना दिवस मनाइँदै

आज राष्ट्रिय सूचना दिवस मनाइँदै

नेपालखबर
भदौ ३, २०८० आइतबार ८:५८, काठमाडौँ

नेपालमा आज १७ औँ राष्ट्रिय सूचना दिवस मनाइँदैछ। 

सूचनाको हकसम्बन्धी ऐन, २०६४ कार्यान्वयनमा आएको दिन भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिन्छ।

राष्ट्रिय सूचना आयोगले १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा प्रतिबद्धतापत्र जारी गर्दै सूचनाको हक कार्यान्वयनमा जोड दिएको छ। 

आयोगले सूचनाको हक कार्यान्वयनमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्न गराउन सार्वजनिक निकायलाई आह्वानसमेत गरेको छ।

सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न गराउन सार्वजनिक निकायको भूमिका महत्त्वपूर्ण हुने र माग गरिएको सूचना सहज रूपमा प्राप्त गर्दा सार्वजनिक निकायप्रति नागरिकको धारणा सकारात्मक हुने आयोगले जारी गेको प्रतिबद्धता पत्रमा उल्लेख छ।

दिवसका अवसरर्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि शुभकामना व्यक्त गरेका छन्। 

नागरिकको महत्त्वपूर्ण अधिकारका रूपमा सूचनाको अधिकारलाई ग्यारेन्टी गर्ने सूचनाको हक सम्बन्धी कानुन निर्माण भएको १६ वर्ष पूरा भए पनि नागरिकले जुन रूपमा यो अधिकारको व्यापक प्रयोग  गर्नुपर्ने  हो त्यसो  हुन नसकेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन्।

‘कुनैपनि  लोकतान्त्रिक व्यवस्थामा नागरिक अधिकारका रूपमा  सूचनाको अधिकार सुनिश्चित गर्नुको अर्थ राज्यका विभिन्न अङ्ग राजनीतिक दल, संघ, संस्थासहित हरेक सार्वजनिक निकायका काम कारबाहीमा नागरिकको निगरानी र खबरदारी बढाउनु हो,’ प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ, ‘यस अवसरमा नागरिक र सार्वजनिक निकायलाई सूचनाको हकप्रति थप क्रियाशील रहन आह्वान गर्दछु।’

दिवशका अवसरमा राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली थापाले शुभकामना सन्देश दिँदै सुशासन कायम गरी देशलाई समृद्धिको बाटोमा लैजान सूचनाको  प्रयोग महत्त्वपूर्ण हुने भएकाले यसप्रति सबै सार्वजनिक निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .