कालीगण्डकी बचाऔं अभियानका अभियन्ता एवं लेखक अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सामाजिक सञ्जालमा पर्वतका पत्रकारविरुद्ध लेखेको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, निवर्तमान अध्यक्ष र कार्यवहाक अध्यक्षसहित सात पत्रकारले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको छ।
गिरीले सामाजिक सञ्जाल फेसबुकमा कुनै पनि पत्रकारको व्यक्तिगत रुपमा नाम नलिई समग्र जिल्लाको पत्रकारिताबारे टिप्प्पणी गर्दै स्टाटस लेखेका थिए।
पत्रकार महासंघको लेटर प्याडमै गिरीविरुद्ध उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
501
Shares
प्रतिक्रिया