ad ad

समाज


शिवशिखर सहकारीका थप तीन जना पक्राउ

शिवशिखर सहकारीका थप तीन जना पक्राउ

नेपालखबर
असार २२, २०८० शुक्रबार २१:२५, काठमाडौँ

शिवशिखर सहकारीका थप तीन जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सहकारीका लेखा समिति सदस्य रमेश खैंजु, शिवप्रसाद पौडेल र कर्मचारी रशना शाक्यलाई पक्राउ गरेको हो। 

उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान बढाइएको सीआईबीका प्रवक्ता सञ्जयसिंह थापाले जानकारी दिए।

यसअघि सहकारी ठगिका नाइके केदारनाथ शर्मालाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो। 

सहकारीले बचतकर्ताको करिब १४ अर्ब हिनामिना गरेको अभियोग छ। शर्माकी श्रीमति गीता सहित केही सञ्चालक पूर्वपक्षका लागि कारागारमा छन्। अन्य भने फरार रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .