ad ad

समाज


हर्कलाई बालेन्द्रले भने- तपाईंको सुखमा सबै होलान्, दुःखमा म छु

हर्कलाई बालेन्द्रले भने- तपाईंको सुखमा सबै होलान्, दुःखमा म छु

फाइल तस्बिर


नेपालखबर
असार ११, २०८० सोमबार ९:२८, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई आफू दुःखमा साथ दिन तयार रहेको बताएका छन्। 

आइतबार साँझ साम्पाङले लेखेको एक स्टाटसमा प्रतिक्रिया दिँदै शाहले सुखमा साथ दिने अरु भएपनि दुःखमा आफ्नो साथ रहने बताएका हुन्। 

साम्पाङले आफूले पसिनाको भेल बगाएर पानी ल्याएपनि धरानका दलहरूले मिलेर आफू विरुद्ध मुद्दा लगाएको गुनासामो फेसबुक स्टाटसमार्फत पोखेका थिए। 

उनले फेसबुकमा भनेका छन्, ‘पसिनाको भेल बगाए अनेक दुःख गरेर कोकाहाको पानी ल्याएँ। दुनियाँले बधाई दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लगाए। यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नु।’

उनको स्टाटसमा जवाफ दिँदै मेयर शाहले कमेन्टमार्फत भनेका छन्, ‘केही फरक पर्दैन। कसैले केही भनेर, सोचेर केही फरक पर्दैन। तपाईं अगाडी पुगिसक्नु भो कि। पछाडि जसले जे बोले पनि फरक पर्दैन। सुखमा सबै साथमा भएपनि दुःखमा हामी छौँ। म छु। सबै हुनेछौँ।’

उनको यो कमेन्टमा मात्रै ५३ हजार बढीले रियाक्ट गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .