तराईमा अहिले तातो हावा/लु चलिरहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
यसैगरी देशभर तापक्रम खासै घट्ने सम्भावना नदेखिएकाले गर्मीबाट बच्न पनि मौसमविद्ले आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाले आज साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
त्यसमा भनिएको छ– देशका तराईका केही भूभागमा तातो हावा/लू (Heat Wave) चलिरहेको छ तथा देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिन्छ। तातो दिन तथा लुसम्बन्धी जारी गरिएको बुलेटिन हेर्न यहाँ क्लिक गर्नुहोला। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। तसर्थ अत्यधिक गर्मी तथा मेघगर्जन/चट्याङबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares
प्रतिक्रिया