भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थित एक फर्निचर कारखानामा भीषण आगलागी भएको छ।
सोफा उद्योगमा ठूलो आगो देखिएपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए।
अहिले प्रहरीको टोलीसहित ५ वटा दमकल प्रयोग गरेर आगो निभाउने काम भइरहेको छ।
प्रहरीका अनुसार घटना कसरी भयो भन्नेबारे थाहा भएको छैन।
‘चुनदेवी भन्ने ठाउँमा आगलागी भएको हो, अहिले नियन्त्रणको प्रयास भइरहेको छ,’ भक्तपुर प्रहरीका एसपी प्रजित केसीले भने, ‘हाम्रो ५ वटा दमकल पुगिसकेको छ। नियन्त्रणको प्रयास जारी छ।’
99
Shares
प्रतिक्रिया