नेपाली सेनाले इराकमा तैनाथ रहेका आफ्ना शान्ति सेनालाई उच्च सुरक्षा सर्तकताका साथ रहन निर्देशन दिएको छ।
संयुक्त राष्ट्र संघको सहयोग मिसन अन्तर्गत नेपाली सेनाको गार्ड युनिट इराकको किरकुक र इरबिलमा खटिएको छ। सेनाको मिसन मुख्यालय र शान्ति सेना सञ्चालन निर्देशनालयको निरन्तर सम्पर्कमा रहन सेनाले निर्देशन दिएको हो।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जारी गरेको विज्ञप्तिमा लेबनान र सिरियामा तैनाथ रहेका युनिटहरुलाई समेत उच्च सुरक्षा सर्तकता अपनाउन भनिएको छ।
3
Shares
प्रतिक्रिया