ad ad

समाज


पक्राउ परेका १२२ मध्ये ४२ चिनियाँ स्वदेश फिर्ता

पक्राउ परेका १२२ मध्ये ४२ चिनियाँ स्वदेश फिर्ता

नेपालखबर
पुस २३, २०७६ बुधबार १२:१८,

नेपालमा बसेर चीनविरुद्ध साइबर अपराधमा संलग्न रहेको आरोपमा काठमाडौंमा पक्राउ परेका १ सय २२ जनामध्य ४२ जनालाई चीनले स्वदेश लगेको छ।

पक्राउ परेका १२२ जनालाई लिन चीन सरकारले चाइना इस्टर्न र चाइना साउदर्नका दुईवटा जहाज ल्याएको थियो। दुईमध्ये चाइना इस्टर्नको एमयू७१७६ मा ४२ जना पक्राउ परेका नागरिक र तीन सुरक्षाकर्मीलाई चीन लगिएको हो।

बाँकीलाई चाइना साउदर्नको उडान नं. सीजेट३००२ मार्फत चीन सफिर्ता पठाइने बताइएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको नेतृत्वमा प्रहरीको अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त कारबाहीमा पुस ७ गते १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए। नेपालमा बसेर चीनमा अनलाइन जुवा, बैंकिङ कसुर र अनलाइनमा अश्लील यौनजन्य सामग्रीको अवैध कारोबारमा संलग्न उनीहरु पर्यटन भिसामा नेपाल आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .