राष्ट्रिय भूमि आयोग मकवानपुरले जिल्लामा ३६ हजार एक सय ६८ जना भूमिहीन सुकुम्वासीको तथ्यांक संकलन गरेको छ।
आयोगले पत्रकार सम्मेलन गरी हेटौँडा उपमहानगरपालिकासहित दुई नगरपालिका र आठ गाउँपालिकामा गरेर त्यो सङ्ख्यामा भूमिहीन सुकुम्वासी रहेको जानकारी दिएको हो।
मकवानपुरमा १० वटै स्थानीय तहमा ३७९ जना भूमिहीन दलित, दुई हजार चार सय ६३ जना भूमिहीन सुकुम्वासी तथा ३३ हजार तीन सय २६ जना अव्यवस्थित भूमिहीन बसोबासी रहेका र उनीहरूले जग्गा प्रमाणपत्रका लागि आयोगमा दर्ता गरेको आयोगले जनाएको छ।
आयोगका मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहिनलाई एक वर्षभित्रमै जग्गा प्रमाणपत्र उपलव्ध गराइने जानकारी दिए।
बागमती गाउँपालिकाका तीन भूमिहीन दलितले लालपुर्जा प्राप्त गरिसकेका छन्। त्यहाँका ३० परिवारले जग्गा प्राप्त गर्ने प्रक्रिया सुरु भइसकेको छ। रासस
Shares
प्रतिक्रिया