ad ad

ग्लोबल


चीनको शेनझोउ–१५ अन्तरिक्ष यात्री जुनमा फर्किने

चीनको शेनझोउ–१५ अन्तरिक्ष यात्री जुनमा फर्किने

नेपालखबर
फागुन ३०, २०७९ मंगलबार ७:२२, काठमाडौँ

चीनको शेनझोउ–१५ मा सहभागी चालक दलका सदस्य आगामी जुन महिनामा पृथ्वीमा फर्कने भएका छन्।

चिनियाँ मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए) का अनुसार अन्तरिक्ष केन्द्रको संयोजनले निरन्तर काम गरिरहेको र शेन्झोउ–१५ अन्तरिक्ष यात्रीहरू जुनमा फर्किने छन्।

सबै अन्तरिक्ष यात्रीहरू राम्रो अवस्थामा रहेका केन्द्रले जनाएको छ। 

चीनले यस वर्ष अन्तरिक्ष स्टेशन अनुप्रयोग र विकासको लागि तीन अन्तरिक्ष अभियानहरू प्रक्षेपण गर्दैछ। जसमा कार्गो क्राफ्ट तियानझोउ–६ र चालक दलयुक्त अन्तरिक्षयान शेन्झोउ–१६ र शेन्झोउ–१७ समावेश छन्।

तियानझोउ–६ लाई दक्षिणी प्रान्त हाइनानको वेनचाङ अन्तरिक्ष यान प्रक्षेपण स्थलमा लगिएको छ र मे महिनामा प्रक्षेपण गरिने बताइएको छ। 

दुई मानवयुक्त अभियानका लागि चालक दलका सदस्यहरू छानिएका छन्। उनीहरुले अहिले प्रशिक्षण लिइरहेका छन्। 

शान्तिपूर्ण प्रयोग, समानता, पारस्परिक लाभ र साझा विकासको सिद्धान्तको पालना गर्दै आफ्नो अन्तरिक्ष स्टेशनलाई वैज्ञानिक र प्राविधिक सहयोग र अन्तर्राष्ट्रिय समुदायका लागि आदानप्रदानका लागि खुला मञ्च बनाउन प्रतिबद्ध गरेको चीनले जनाएको छ। 

सीएमएसए र बाह्य अन्तरिक्ष मामिलाका लागि संयुक्त राष्ट्रसंघीइ कार्यालयद्वारा संयुक्त रूपमा छानिएका प्रयोगात्मक परियोजनाहरूको पहिलो ब्याच यस वर्ष अन्तरिक्ष स्टेशनमा सञ्चालन हुने कार्यक्रम छ। 

सीएमएसएका अनुसार चीनले आफ्नो मानवयुक्त चन्द्र अन्वेषणका लागि प्रमुख प्रविधिहरूमा सफलता हासिल गरेको छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .