नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले त्रिवि शिक्षण अस्पतालमा उपचाररत विद्यार्थी नेता हरिश देउवालाई आर्थिक सहयोग गरेका छन्।
शिक्षण अस्पतालमा उपचाररत देउवालाई बुधबार भेटेर उनले २० हजार रुपैयाँ सहयोग गरेका हुन्। देउवा लामो समयदेखि ग्यास्ट्रिक बिग्रिएर शिक्षण अस्पतालमा उपचार गराउँदै आएका छन्।
अध्यक्ष गुरुङले उपचारमा सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरेको बताउँदै अन्य व्यक्तिहरुलाई पनि विद्यार्थी नेता देउवाका लागि आर्थिक सहयोग गर्न आग्रह गरेका छन्।
114
Shares
प्रतिक्रिया