नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले मंगलबार पक्राउ गरेको छ। यही पुस २० गते अवकास लिन लागेका शाही बिदामा गइसकेका थिए।
नेपाली सहायक रथी एवम् प्रवक्ता कृष्णप्रसाद भण्डारीले शाहीलाई व्यारेकमा बस्ने गरी तानिएको जानकारी दिएका छन्।
भण्डारीले उमेरबारे विवादमा नभइ आर्थिक अनुशासनको विषयमा शाहीलाई ब्यारेकभित्र बस्न जंगी अड्डाले निर्देशन दिएको बताए। सेनाले उनीमाथि भ्रष्टाचार आरोपमा छानबिन गरेर कारबाही अघि बढाएको हो।
'उहाँ (शाही) लाई अवकाशको उमेरसँग सम्बन्धित कुरामा ब्यारेकमा तानिएको होइन। हिरासतमा राखिएको होइन, ब्यारेकमा बस्न निर्देशन भएको हो', भण्डारीले नेपालखबरसँग भने, 'पहिलेदेखिकै आर्थिक अनुशासनसम्बन्धी छानबिन भइरहेको विषयमा हो।'
उनले आर्थिक अनुशासनसम्बन्धी अनुसन्धानलाई टुंगोमा पुर्याउने गरी शाहीलाई जंगी अड्डाको ब्यारेकमा राखिएको बताएका छन्।
तर उनै शाहीले पुस ७ गते आफ्नो जन्ममिति २०२३ पुस २२ लाई कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयांलको एकल इजलासले सेना र रक्षा मन्त्रलायका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको थियो। सर्वोच्चको आदेश अनुसार शाही थप एक वर्ष जागिर खान सक्थे।
शाही सर्वोच्चको आदेश लिएर जंगी अड्डा फर्किने तयारीमा थिए। तर जंगी अड्डाले उनलाई आर्थिक अनुशासनसम्बन्धी पुरानो मुद्दा जोडेर ब्यारेकमा तानेको हो।
Shares
प्रतिक्रिया