आज (बिहीबार) बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा मौसममा बदली आएको छ। बुधबारसम्म खुला रहेको आकाश बिहीबार बिहानैबाट हुस्सु र कुहिरोले ढाकिएको छ।
हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको मौसमविद्हरूले बताएका छन्।
काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ। जसका कारण अन्तर्राष्ट्रिय विमानस्थलमा उडानसमेत अवरुद्ध भएका छन्।
हुस्सु र कुहिरोका कारण काठमाडौंमा पनि जाडो बढेको छ। अहिले प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सु÷कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ।
हेर्नुस् काठमाडौंको हुस्सुका केही तस्बिरः
Shares
प्रतिक्रिया