अभिनेत्री केकी अधिकारीको ‘प्रसाद २’ लुक्स सार्वजनिक भएको छ। छायांकनका क्रममा रहेको फिल्मको छायांकन सेटबाट मन्दिर अघिल्तिर देखिएकी केकीको यो लुक्स नारायणी लुक्स हो। अघिल्लो फिल्म ‘प्रसाद’मा नारायणीको भूमिकामा अभिनेत्री नम्रता श्रेष्ठ देखिएकी थिइन्। केकीले ‘प्रसाद २’मा त्यही भूमिका निर्वाह गर्नेछिन्।
सार्वजनिक तस्बिरमा लङकोटमा देखिएकी केकी पँधेरो र त्यससँगै रहेको मन्दिरको सेटमा छिन्। कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट छायांकन सुरु गरिएको फिल्म दोस्रोपटक छायांकनमा गएको हो। पहिलोपटक छायांकनमा गएकै दिन कलाकार र निर्माताबीच लफडा परेर फिल्म रोकिएको थियो। त्यही लफडापछि नम्रताले फिल्म छाडिन्। नम्रताको ठाउँमा केकी भित्रिएकी हुन्।
अन्तरजातीय प्रेम र विवाहपछिको संघर्षको कथा ‘प्रसाद २’मा देखाइने छ। केकीको अपोजिटमा विपिन कार्की देखिने छन्। केकी र विपिनका साथमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडीलगायतका कलाकार पनि फिल्ममा देखिने छन्।
फिल्मलाई सुदर्शन थापाले निर्देशन गरिरहेका छन्।
Shares
प्रतिक्रिया