आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको मौसम बिग्रिएको छ। आज बिहानैदेखि काठमाडौंसहित देशका पहाडी तथा तराईका भूभागमा हुस्सु, कुहिरोले ढाकेको छ। हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको मौसमविद्हरूले बताएका छन्।
काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ। जसका कारण उडान अवरुद्ध भएका छन्। उडान अवरुद्ध बन्दा यात्रा गर्नेहरूलाई भने असहज भएको छ।
हुस्सु र कुहिरोका कारण काठमाडौंमा पनि जाडो बढेको छ। अहिले प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सु÷कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ। आगामी २४ घण्टामा तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले विभागले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
Shares
प्रतिक्रिया