हरर थ्रिलर सिनेमा ‘चिँ मुसी चिँ : इभन डेड डिजायर बिलोङ्गिङ’को ट्रेलर सार्वजनिक गरिएको छ। दुई मिनेट ५२ सेकेन्डको ट्रेलरमा एक अदृश्य शक्तिसँग बच्न पात्रहरुले गर्नुपरेको संघर्ष देखाइएको छ। एक अपरिचित बालिका, जसको वरिपरि ट्रेलर घुम्छ।
उक्त बालिकाले अन्य पात्रहरुलाई दुःख दिए पनि त्यस पछाडिको कारण सस्पेन्स राखिएको छ। मिर्ना जेम्स र यश सैनी निर्देशित सिनेमाले दर्शकमा डर र कौतुहल जगाउँछ। अन्तिममा ऋचा शर्माले बोल्ने संवाद, ‘छोराको चाहमा सानो बच्चालाई बली दिइयो’ले रहस्यको ढोका खोल्ने प्रयास गरेको छ।
मिर्ना र यशकै कथा तथा पटकथा रहेको सिनेमामा ऋचासँगै प्रियंका कार्की, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, रवीन्द्र झा, राजन खतिवडा, गौरव विष्ट, अरुण चक्रवर्तीलगायत कलाकारको अभिनय छ।
सार्वजनिक ट्रेलरले दर्शकमा कौतुह पैदा गर्नेमा निर्माण पक्ष आशावादी छ। प्राय: नेपालमा निर्माण हुने हरर सिनेमा भन्दा ‘चिँ मुसी चिँ’ भिन्न रहेको निर्माण पक्षको दाबी छ।
पुस २२ देखि देशभर प्रदर्शन गरिने सिनेमामा सुशन प्रजापतिको छायांकन र यश सैनीको सम्पादन छ। एमी स्टुडियोको ब्यानरमा अरुण चक्रवर्तीको प्रस्तुति रहेको सिनेमामा रिञ्जु केसीसँगै अरुण चक्रवर्तीले लगानी गरेका छन्।
Shares
प्रतिक्रिया