ad ad

बागमती


अत्यधिक धुवाँ फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारबाही

अत्यधिक धुवाँ फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारबाही

नेपालखबर
पुस ७, २०७९ बिहिबार १०:११, काठमाडौँ

ट्राफिक प्रहरीले अत्यधिक धुवाँ फाल्ने २२ वटा सवारी साधनका चालकालाई कारबाही गरेको छ। बुधबार काठमाडौंको सोह्रखुट्टेमा भएको विशेष चेकिङका क्रममा अत्यधिक धुवाँ फाल्ने सवारी साधनका चालकलाई कारबाही गरिएको हो। 

अत्याधिक धुवाँ फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे गरी २२ वटा सवारी साधन कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग बबरमहल तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले आज बिहान सोह्रखुट्टेमा ४० वटा सवारी साधनलाई चेक गर्दा २२ वटा कारबाहीमा परेरका हुन्। 

कारबाही गरिएका सवारी साधनलाई वातावरण विभाग बबरमहल पठाइएको छ।

सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरेर ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .