ad ad

समाज


मोटरसाइकलको ट्यांकीभित्र स्रोत नखुलेको २४ लाख १७ हजार रुपैयाँ

मोटरसाइकलको ट्यांकीभित्र स्रोत नखुलेको २४ लाख १७ हजार रुपैयाँ

नेपालखबर
मंसिर २७, २०७९ मंगलबार १९:२, धनुषा

मोटरसाइकलको ट्यांकीभित्र लुकाई छिपाई ल्याउँदै गरेको २४ लाख १७ हजार नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले भारत घर बताउने २३ वर्षीय उमेश कुमारलाई नियन्त्रणमा लिएको छ।

धनुषा जिल्लाको बिदेह नगरपालिका ९ ईटहर्वा स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले उनलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलमा उल्लेखित रुपैयाँ फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका कुमारलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा र बरामद रुपैयाँ तथा मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .